प्रतिनिधिसभा निर्वाचन
३४ वर्षपछि डडेल्धुरामा कांग्रेसको किल्ला ढल्यो, रास्वपाका जोशी निर्वाचित
शनिबार, २३ फागुन २०८२, १७ : ५५
१
सारांश
- डडेलधुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला राष्ट्रिय स्वतन्त्र पार्टीले ढाल्यो।
- रास्वपाका डा. ताराप्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतले पराजित गरे।
- डा. जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा कांग्रेसका महरले १२ हजार १२१ मत ल्याए।
डडेलधुरा । डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ । उक्त जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.ताराप्रसाद जोशी भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।
डा. जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका महरले १२ हजार १२१ मतमा चित्त बुझाएका छन्।
त्यस्तै, प्रतिस्पर्धामा रहेका नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेही ३ हजार ०२६ मतसहित चौथो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण