शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
परिणाम

मतपरिणाम अपडेट: रास्वपा सय सिटमा विजयी, अन्य दल कति ?

आइतबार, २४ फागुन २०८२, ०६ : २१
आइतबार, २४ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा रास्वपा सय क्षेत्रमा विजयी भएको छ।
  • नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने नेकपा एमाले सात स्थानमा विजयी भएको छ।
  • समानुपातिक निर्वाचनतर्फ १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने२ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता लिएको छ ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख ४६ हजार, नेपाली कांग्रेसले तीन लाख ४७ हजार, नेकपा एमालेले दुई लाख७५ र नेपाली कम्युनिस्ट पार्टीले एक लाख २१ हजार मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप