धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उहाँले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण