टिकटकमा ३२ लाख फलोवर्स, भोट ल्याए २४०
पर्सा । सामाजिक सञ्जाल टिकटकमा करोडौंको मन जितेका चर्चित टिकटकर मोहम्मद उमर खानले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जम्मा २४० मत मात्र प्राप्त गरी लज्जास्पद हार बेहोरेका छन् ।
उमर खानको ‘अफिसियल उमरखान२’ नामक टिकटक आइडीलाई ३२ लाखभन्दा बढीले पछ्याएका छन् भने उनका भिडियोहरू एक करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन् । विशेषगरी ९० को दशकका रोमान्टिक हिन्दी र चर्चित नेपाली गीतहरूमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै उनले लाखौं दर्शकको मन जित्न सफल भएका थिए ।
मेलिना पन्तसँगको उनको टिकटक जोडीलाई दर्शकले निकै रुचाउने गर्छन् । टिकटकमा यति ठुलो फ्यान फलोइङ भए पनि उनी मतदाताको मनमा भने अटाउन नसकेको निर्वाचन परिणामले देखाएको छ । तेक्वान्डोमा ४३ स्वर्ण पदक विजेता खान चितवनमा मदरसा विद्यालयसमेत सञ्चालन गरिरहेका छन् ।
नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट अभिनयमा डेब्यु गरेका उनी आफ्नो कन्टेन्ट क्रिएसन, खेल र सामाजिक कार्यमार्फत सक्रिय छन् । उमर खान राष्ट्र निर्माण दलको तर्फबाट निर्वाचनमा होमिएका थिए । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठन भएको यो दल गएको पुस १७ गते बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो ।
अन्सारीले दलले सबै भूगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्य समुदायलाई समेट्ने बताएका थिए । यस पार्टीको चुनाव चिह्न पानीको बोतल रहेको थियो । पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत ल्याएर विजयी भए । पन्तका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत मात्र पाए । यहाँ नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण