गोरखा– २ मा कविन्द्र : हिजो जति मतान्तरले हारे, आज उतिनै अन्तरले जिते
पोखरा । गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडीलाई सानदार मतान्तर सहित हराएका हुन् । गोरखा २ मा कविन्द्रको गज्जबको संयोग जुरेको छ । ३ वर्षअघि २०७९ मा जति मतान्तरले उनी हारेका थिए, आज सोही मतान्तरले जितेका छन् ।
आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार, रास्वपाका उम्मेदवार बुर्लाकोटी २६ हजार ६ सय ६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दवाडीले ११ हजार ७ सय मत पाए । प्रचण्डको पार्टी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले अझै कम मत पाए । उनले ११ हजार ७३ मत मात्रै पाएका हुन् ।
२०७९ को चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २६ हजार १ सय ३ मत ल्याएर विजयी हुँदा बुर्लाकोटी १२ हजार ६ सय ३७ मतमा खुम्चिएका थिए । ३ वर्षको अवधिमा उनले १४ हजार २३ मत थपे । सधैँ माओवादीको गढ मानिने गोरखा २ मा यस पटक पुरानो माओवादी हालको नेकपाको अवस्था दयनीय बन्यो ।
यस्तै, नेकपा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)ले ३ हजार ८७ मत मात्रै पाए । अघिल्लो चुनावमा एमालेका उम्मेदवार अब्दुस मियाँले यहाँबाट ७ हजार भन्दा बढी मत पाएका थिए । गुण्डा नाइके चक्रेले अघिल्लो चुनावको तुलनामा निकै कमजोर उपस्थिति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण