राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो ।
एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु पाँच लाख बजेट विनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताले रु ३६ हजारबराबरको श्रमदान गरेका छन् ।
दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा विषेश गरेर घाटमा शव ल्याएर आउन मलामीलाई असहज भएको थियो । भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएका बगैँचाका बासिन्दा नारायण सुवेदीले बताए ।
म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तीका बासिन्दाले प्रयोग गर्ने पदमार्गलाई व्यवस्थित गर्ने कार्यलाई पूर्णता दिन आगामी वर्षको वार्षिक योजनामा समावेश गरी बजेट विनियोजन गराउन पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण