आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा फागुन २८ देखि चौथो ‘कैलाली प्राइड लिग’ क्रिकेट हुने

मङ्गलबार, २६ फागुन २०८२, १७ : २९
मङ्गलबार, २६ फागुन २०८२

धनगढी । धनगढीमा चौथो संस्करणको ‘कैलाली प्राइड लिग’ आयोजना हुँदै छ। यो अन्तरपालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हो। प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सुरु हुनेछ।

खेलमा सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाका टिमहरू भिड्नेछन्। प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहनेछ। यसमा कैलालीका धनगढी, बर्दगोरिया, गोदावरी, घोडाघोडी, लम्कीचुहा र टिकापुर सहभागी छन्। 

त्यस्तै डडेलधुराको आलिताल र परशुराम, बाजुराको बुढीगंगा, तथा कञ्चनपुरको भीमदत्त र पुनर्वास दुई टिम ले पनि प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख रुपैयाँ राखिएको छ। दोस्रो हुने टिमले १ लाख रुपैयाँ पाउनेछ। विभिन्न टिमबाट राष्ट्रिय स्तरका खेलाडीहरूले पनि खेल्नेछन्।

यसको आयोजना कैलाली जिल्ला क्रिकेट सङ्घले गर्न लागेको हो। सङ्घले यसअघि पनि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका धेरै प्रतियोगिता गरिसकेको छ।

खेलकुद र पर्यटनमार्फत सुदूरपश्चिमलाई देशभर चिनाउने आयोजकको मुख्य उद्देश्य हो। साथै, क्रिकेटको विकास गर्न, खेलाडीको प्रतिभा निखार्न र पालिकाहरूबिचको आपसी सम्बन्ध बढाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

j

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप