अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा : न्यायमा समान पहुँच र प्रजनन स्वास्थ्यबारे छलफल
सारांश
- न्युयोर्कमा भएको कार्यक्रममा नेपालले महिला तथा बालिकाको न्याय र यौन स्वास्थ्यबारे छलफल गर्यो।
- मन्त्री श्रद्धा श्रेष्ठले महिला अधिकार कार्यान्वयनमा जोड दिँदै अपाङ्गता र सीमान्तकृत महिलामा ध्यान दिनुपर्ने बताइन्।
- कार्यक्रममा अधिवक्ताहरूले न्यायमा पहुँच बढाउन कानुनी सहायता र निर्देशिकाको आवश्यकता औंल्याए।
काठमाडौँ । अमेरिकाको न्युयोर्क मार्च १०, २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेन (CSW) को ७० औँ सत्र अन्तर्गत नेपालले महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन र प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित एक महत्त्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका अधिकार संरक्षणका लागि नेपालमा धेरै कानुनी व्यवस्था गरिए पनि ती व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै आवश्यक रहेको बताइन् ।
उनले कार्यान्वयनका क्रममा विशेषगरी अपाङ्गता भएका तथा सीमान्तकृत महिला र बालिकाको अधिकार र पहुँचमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
_OpvaRUjYqd.png)
बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष कृष्णा वाइबाको अध्यक्षतामा आयोजित प्यानल छलफल कार्यक्रममा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक एवम् अधिवक्ता सबिन श्रेष्ठले संस्थाले प्रजनन स्वास्थ्य अधिकार तथा अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच बढाउन कानुनी सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले न्यायमा समान पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री र पहुँचयुक्त न्यायिक निर्देशिकाको आवश्यकता रहेको पनि औँल्याए।
कार्यक्रमको सञ्चालन मच्छे गुरुङले गरेका थिए। सो अवसरमा अधिवक्ता रुतु थापाले आदिवासी महिलाको न्यायमा पहुँचका विषयमा प्रकाश पारेकी थिइन् भने पवित्रा सुनारले ‘कल फर एक्सन’ प्रस्तुत गरेकी थिइन्।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राधिका अर्याल, सह–सचिव आभा श्रेष्ठ तथा न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनका द्वितीय सचिव सुनिता लाकान्द्री लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण