दुबई विमानस्थलमा ड्रोन खस्दा चार जना घाइते
काठमाडौँ । संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् ।
घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम घाइते भएको र दुई घानाका नागरिक तथा एक बङ्गलादेशी नागरिक सामान्य घाइते भएको जनाएको छ ।
अधिकारीहरूका अनुसार ड्रोनहरू विमानस्थल वरपरको क्षेत्रमा खसेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनापछि पनि हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको दुबई प्रशासनले स्पष्ट पारेको छ । विमानस्थलको संरचनामा कति क्षति पुगेको छ भन्नेबारे भने अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच बढ्दो युद्धका कारण खाडी क्षेत्रका विमानस्थल, समुद्री मार्ग तथा ऊर्जा पूर्वाधारहरूमा सुरक्षा जोखिम बढिरहेको छ । हालै होर्मुज जलडमरु आसपासका जहाजहरू र क्षेत्रीय सैन्य संरचनाहरू पनि आक्रमणको निशानामा पर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण