शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्कीको रुपा गाउँपालिकामा १ लाख लिटर मह उत्पादन

बुधबार, २७ फागुन २०८२, १७ : ०४
बुधबार, २७ फागुन २०८२

कास्की । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा १ लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।

तीनवर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाभित्रका कृषककका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उहाँले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए ।

उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उनले घर घरबाटै मह बिक्री हुने गरेको बताए । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उनको भनाइ छ । उनका अनुसार विशेषतः मौरीपालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छापपाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली÷देउराली फेदी, रुपा ६ को भिरचोक÷खोलाको छेउ र रुपा ७ को काउरे/हंशपुर/माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप