नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
बैतडी । बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइन प्रवेश गरेको छ । रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो ।
जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले तीन विकेट हात पारे ।
यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रणशैनी १९.३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे । बलिङमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन–तीन विकेट झारे ।
अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ दी म्याच चुनिए । पञ्चकोटी युवा क्लबको आयोजनामा यही फागुन २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता छ । आगामी चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ६५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण