खाना खाएर घरबाट हिँडेका युवकको दुई दिनपछि शव फेला
शनिबार, ३० फागुन २०८२, २० : १२
मान्म (कालीकोट) । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ ।
उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बिचमा भेटिएको हो ।
उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बिचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए । 'उनको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ,' ज्ञवालीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण