रातोपाटीकर्मी कल्पना घिमिरे सम्मानित
सारांश
- उपभोक्ता दिवसमा रातोपाटीकर्मी कल्पना घिमिरे सम्मानित भएकी छिन्।
- उनलाई उपभोक्ता अधिकारको संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
- कार्यक्रममा उद्योग वाणिज्यमन्त्री, सचिव, महानिर्देशक र उपभोक्ताकर्मीको उपस्थिति थियो।
काठमाडौँ । उपभोक्ता दिवसको अवसरमा रातोपाटीकर्मी कल्पना घिमिरे सम्मानित भएकी छिन् । उपभोक्ता अधिकारको संरक्षण, संवर्द्धन तथा जागरणमा सञ्चार माध्यममार्फत गरेको योगदान स्वरूप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनलाई सम्मान गरेको हो । ४२ औँ उपभोक्ता दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले उक्त सम्मान पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा, मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी, विभागका महानिर्देशक रोशन ज्ञवाली तथा उपभोक्ताकर्मीहरू सहभागी थिए । घिमिरे रातोपाटीमा उद्योग वाणिज्य, उपभोक्ता एवं पूर्वाधार क्षेत्रमा कलम चलाउँदै आएकी छिन् ।
कार्यक्रममा उपभोक्ता क्षेत्रमा काम गरेका उपभोक्ताकर्मी तथा उपभोक्ता अधिकारको क्षेत्रमा कलम चलाउने अन्य सञ्चारकर्मीहरू समेत सम्मानित भएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८५ मार्च १५ का दिन उपभोक्ताका आठ वटा अधिकारसहित उपभोक्ता अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गदर्शन गरेको दिनको सम्झनामा प्रत्येक मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसको रूपमा मनाइन्छ ।
यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा ‘सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता’ तय गरिएको छ । नेपालमा भने ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ यो वर्षको विश्व उपभोक्ता अधिकार दिवस मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण