कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम, १५ जना महिला
सारांश
- नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेका २० जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको छ।
- आदिवासी जनजाती, खसआर्य, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट छानिएका व्यक्तिहरू पठाउने निर्णय गरियो।
- पार्टीले १५ जना महिला अनिवार्य पठाउने र निर्वाचन आयोगले नाम सार्वजनिक गर्ने जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ।
आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाकाे नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए ।
ती मध्ये १५ जना महिलाकाे नाम अनिवार्य रूपमा आयाेगमा पठाइने उनले बताए । निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।
प्रवक्ता चालिसेले अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरेर पार्टीको धारणा सार्वजनिक गरिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण