नेपाली बजारमा भित्रियो ‘नथिङ फोन फोर ए’, बड्स निःशुल्क
सारांश
- नथिङले नेपाली बजारमा 'फोन फोर ए' सिरिज सार्वजनिक गरेको छ, जुन सिजी मोबाइल्सले आयात तथा बिक्री गर्नेछ।
- यो फोन ८/१२८ जीबी, ८/२५६ जीबी र १२/२५६ जीबी गरी तीन भेरियन्टमा उपलब्ध छ, जसको सुरुवाती मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ।
- यसमा ७०एक्स अल्ट्रा जुम सहितको क्यामेरा र स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर जडान गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङलाई सहज बनाउँछ।
काठमाडौँ । स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले आधिकारिक रूपमा आयात तथा बिक्री वितरण सुरु गरेको यो नयाँ स्मार्टफोन टेक इन्थ्युजियास्टहरू माझ निकै रुचाइने अपेक्षा गरिएको छ।
नथिङ फोन फोर ए नेपाली बजारमा ८/१२८ जीबी, ८/२५६ जीबी र १२/२५६ जीबी गरी तीनवटा भेरियन्टमा उपलब्ध छ। सेतो, कालो, नीलो र गुलाबी गरी चार आकर्षक रङमा पाइने यो फोनको सुरुवाती मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ। विशेष उपहार स्वरूप सुरुवाती ग्राहकहरूले ८ हजार ९९९ रुपैयाँ मूल्य पर्ने 'सिएमएफ बड्स टु ए प्लस' निःशुल्क पाउने सिजी मोबाइल्सका महाप्रबन्धक विनय जोशीले जानकारी दिएका छन्। जोशीका अनुसार प्रिमियम डिजाइन र स्पेसिफिकेसन भए पनि नथिङले नेपाली ग्राहकका लागि किफायती मूल्य कायम गर्ने प्रयास गरेको छ।
यस पटक नथिङले क्यामेरामा विशेष जोड दिएको छ। ७० एक्स अल्ट्रा जुमसहितको तीनवटा क्यामेरा सेटअप भएको यो फोनलाई टेक रिभ्युअरहरूले यस सेग्मेन्टकै उत्कृष्ट क्यामेरा फोनको रूपमा व्याख्या गरेका छन्।
एल्युमिनियम फ्रेम र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाइनमा रहेको यो फोनमा प्रिमियम ग्लिफ लाइट जडान गरिएको छ। साथै, धुलो र पानीबाट बचाउन यसमा आइपी ६८ रेटिङको सुरक्षा दिइएको छ। फोनको बक्स भित्रै प्रिमियम केस समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
नथिङ फोन फोर ए मा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङलाई सहज बनाउँछ। सफ्टवेयरतर्फ यसमा ब्लोटवेयर रहित क्लिन 'नथिङ ओएस' रहेको छ, जसमा तीन पुस्तासम्मको एन्ड्रोइड अपडेटको ग्यारेन्टी गरिएको छ।
आधुनिक एआई प्रविधिप्रति रुचि राख्नेहरूका लागि यसमा गुगल जेमिनी र च्याट जीपीटी जस्ता प्रिमियम एआई टुल्सहरू पहिले नै इन्टिग्रेटेड गरिएको छ, जसले प्रयोगकर्ताको दैनिक कार्यलाई थप स्मार्ट बनाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण