कुवेतमा दोस्रो तेल प्रशोधन केन्द्रमाथि पनि आक्रमण
बिहीबार, ०५ चैत २०८२, १६ : ०४
सारांश
- कुवेतमा एकै दिन दुई तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ।
- मिना अब्दुल्लाह तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहारबाट आगलागी भएको पुष्टि भयो।
- यसअघि मिना अल–अहमदी रिफाइनरीमा पनि ड्रोन आक्रमण भएको थियो, जसलाई नियन्त्रणमा लिइएको थियो।
कुवेत सिटी । कुवेतको एकै दिन दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । सरकारी सञ्चारमाध्यम कुवेत न्युज एजेन्सीका अनुसार कुवेत सहरको दक्षिणमा रहेको मिना अब्दुल्लाह तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहार हुँदा त्यहाँ आगलागी भएको हो ।
उक्त घटनापछि प्रभावित क्षेत्रमा आगो लागेको पुष्टि गरिएको छ । यद्यपि क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
सुरक्षाकर्मी र आपत्कालीन टोलीहरूले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताइएको छ । यस प्रशोधन केन्द्र नजिकै रहेको मिना अल–अहमदी रिफाइनरीमा पनि बिहीबार ड्रोन आक्रमण भएको थियो ।
सो घटनामा सीमित आगलागी भएको बताइएको थियो । यसलाई नियन्त्रणमा लिइएको थियो । कुवेत पेट्रोलियम कर्पोरेसनले मिना अल–अहमदी रिफाइनरीमा कसैलाई पनि चोटपटक नलागेको र आगो नियन्त्रणमा आएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण