बालाजुबाट पक्राउ परे जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी
सारांश
- सीआईबीले सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका एक कैदीलाई बालाजुबाट पक्राउ गरेको छ।
- फरार कैदी विकास रुम्बा लागूऔषध मुद्दामा थुनामा थिए, उनी भदौमा जेलबाट भागेका थिए।
- प्रहरीले रुम्बालाई काठमाडौँको बालाजुबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सुन्धारा कारागारमा बुझाएको छ।
काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब सात महिनाअघि सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक कैदीलाई बालाजुबाट पुनः पक्राउ गरेको छ।
जेनजी आन्दोलन अन्तर्गत भदौ २४ गते कारागारबाट फरार भएका ३० वर्षीय विकास रुम्बालाई सीआईबीको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भएका रुम्बा लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
उनी २०८१ चैत २० गतेदेखि जगन्नाथदेवल कारागारमा रहेका थिए। भदौमा भएको आन्दोलनका क्रममा कारागारबाट भागेका उनी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १६, बालाजुबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका रुम्बालाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण