वीरगगञ्जको विद्यार्थी विवाद सुल्झियो
वीरगगञ्ज । वीरगगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा उत्पन्न विवाद साम्य बनेको छ । पर्साका सिडिओले क्याम्पस प्रमुख र सञ्चालकलाई ‘नालायक’ व्यवस्थापन भनेपछि झन्डै ९ घण्टा पछाडि छलफलले मूर्तरूप लिएको हो ।
सिडिओ भोला दाहालले सहमति नहुने र बजारमा आन्दोलन हुने छनक पाएपछि छलफलमा बोल्दै सञ्चालक र क्याम्पस प्रमुखलाई कडा शब्दमा आलोचना गरेका थिए।
विद्यार्थीहरुसँगको छलफलमा उनीहरूकै अगाडि क्याम्पस सञ्चालकलाई सिडिओ दाहालले कडा शब्द बोलेपछि दुवै पक्षबिच सहमति भएकाे हाे । तत्काल कुनै विरोधका कार्यक्रम नगर्ने गरी आन्दोलनरत विद्यार्थीहरू र क्याम्पस सञ्चालकसँग तीन बुँदे सम्झौता भएकाे पर्साका सिडिओ दाहालले बताए ।
स्थगित गरिएको कक्षा ११ र १२ को आन्तरिक परीक्षा तत्काल सुरु गर्ने, आन्दोलनमा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पसले गराउने र विद्यार्थीहरूको वास्तविक समस्या र कलेजका अन्य मुद्दाहरूबारे मङ्गलबार पुनः छलफलको माध्यमले टुङ्ग्याउने गरी तीन बुँदे लिखित सम्झौता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लामो छलफल पश्चात् यही तीन बुँदे सम्झौता भएपछि विवाद मत्थर भएको पर्साका सिडिओ दाहालको भनाइ छ ।
बिहान के भएको थियो ?
हरित खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज आन्तरिक परीक्षा दिने कार्यतालिका थियो । सोही कार्यतालिका बमोजिम बिहान ८ बजेदेखि ‘प्लस टु’ का विद्यार्थीहरू क्याम्पसमा पुगेका थिए ।
परीक्षाका लागि हलमा प्रवेश गरिसकेका विद्यार्थीहरूलाई पछि एक्कासी सूचना निकालेर तत्कालका लागि शैक्षिक पठनपाठनसहित सबै परीक्षा स्थगित गरिएको क्याम्पस प्रशासनबाट जानकारी गराइयो ।
क्याम्पस प्रमुख रविन्द्र यादवले अचानक एक सूचना जारी गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित भएको जानकारी गराएका थिए ।
क्याम्पस प्रमुख यादवको सूचना आइसकेपछि विद्यार्थीहरू आक्रोशित बन्दै सुरुमा नाराबाजी तथा प्रदर्शन गर्न थालेको ठाकुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति राज यादवले बताए ।
उनका अनुसार विद्यार्थीहरूको प्रदर्शन चलिरहेको बेला प्रहरी क्याम्पस परिसरमा पुगेपछि विरोध झन् उग्र रूप लियो । यसरी प्रहरी र विद्यार्थीहरुसँग भएको विवादमा केही विद्यार्थीहरू घाइतेसमेत भएको जनाइएको छ ।
हरि खेतान क्याम्पस प्रमुख यादवका अनुसार तीन जना विद्यार्थीहरूलाई चोटपटक लागेको तथा क्याम्पसका गाडीमा समेत तोडफोड भएको छ ।
त्यसपछि माहोल अझ उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले छलफलका लागि विद्यार्थी, क्याम्पस सञ्चालक र प्रमुखसहित स्ववियुका पदाधिकारीहरूलाई आफ्नो कार्यालयमा डाकेको थियो । अन्ततः उक्त छलफलले निकास निकाल्दै समस्या समाधान गरेको जिल्ला प्रशासन कार्यालय बताउँछ ।
विवाद के हो ?
सिडिओ कार्यालयमा भएको छलफलमा क्याम्पस प्रशासन र शिक्षकहरूबिच आन्तरिक द्वन्द्व रहेको देखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । बैठकमा शिक्षकहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दाहाल बताउँछन् ।
उनी भन्छन्, ‘परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू बिहान परीक्षा हलमा पुगे पनि शिक्षकहरू भने अनुपस्थित रहे, लामो समयदेखि तलब नपाएको भन्दै उनीहरू परीक्षा बहिस्कार गरे । यसरी शिक्षकहरू नै नआएपछि प्रशासनले सूचना जारी गर्दै परीक्षा स्थगित गरे हो ।’ मूलभूत रुपमा तलबको समस्याका कारण शिक्षकहरू नआएपछि विवाद बढेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यता क्याम्पस प्रमुख यादवले पनि शिक्षकहरू बिहान परीक्षा हलमा नआएपछि परीक्षा स्थगित गरेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘आज आन्तरिक परीक्षा थियो, तर कोही शिक्षा आएनन् । अनि मैले सूचना जारी गर्दै परीक्षा स्थगन गरेको हुँ, यद्यपि मंगलबारदेखि परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण