चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते
आइतबार, ०८ चैत २०८२, २२ : २६
झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चार जना घाइते भएका छन् ।
स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिन खोज्दा विच्किएर स्थानीयवासी र प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ, बुद्धशान्ति –६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर नगरपालिका –१० का २६ वर्षीय विशाल कार्की र बद्धशान्ति–६ का ५४ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।
चारै जना घाइतेको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण