डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी १० वर्षपछि पक्राउ
सोमबार, ०९ चैत २०८२, १७ : ३३
सारांश
- प्रहरीले डाँका र ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी खिल बहादुर तामाङलाई १० वर्षपछि पक्राउ गरेको छ।
- दोलखा जिल्ला अदालतले २०७४ पुसमा उनलाई १० वर्ष कैद र जरिवाना सुनाएको थियो।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ।
काठमाडाैँ । डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेकाे छ । आइतबार दोलखाकाे शैलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८, बौद्ध बेशी गाँउ बस्ने ४० वर्षिय खिल बहादुर तामाङ रहेका छन्।
उनलाई दोलखा जिल्ला अदालतले २०७४ पुस ४ गतेको फैसला बमोजिम प्रतिवादी खिल बहादुर तामाङलाई १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ बिगो भराउने फैसला सुनाएकाे थियाे। त्यसयता उनी फरार रहेका थिए ।
काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमा जिल्ला अदालत काठमाडाैँ उपस्थित गराइएको प्रहरी उपरीक्षक मनाेहर प्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण