रुपन्देहीमा ६० वर्षीया महिलाको हत्या आरोपमा किशोर पक्राउ
सोमबार, ०९ चैत २०८२, २० : ०३
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसइचोकमा ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
चैत २ गते राति रेनुको आफ्नै किराना पसलमै हत्या भएको थियौ ।जिल्ला प्रहरीले कार्यालय रुपन्देहीले रेनुको हत्या १६ वर्षीय स्थानीय किशोरले गरेको प्रहरीले जनाएको छ।
प्रहरीले किशोरको अन्य विवरण खुलाएको छैन। पसलमा चुरोट किन्न निस्किएका ती किशोर र पसल सञ्चालक रेनु बिच चुरोट खरिद गर्ने क्रममा विवाद हुँदा पसलमा रहेको कैँची प्रहार गरी वृद्धाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ परेका किशोरलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण