शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

मङ्गलबार, १० चैत २०८२, ०७ : ४९
मङ्गलबार, १० चैत २०८२

सारांश

  • डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा जिप चालक सुबोध रोकाया र कैलाश बिकको मृत्यु भएको हो।
  • दुर्घटना गएराति करिब साढे १२ बजेतिर भएको थियो, जिप ९०० मिटर तल खसेको थियो।

कैलाली । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो।

सो दुर्घटनामा मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब जिप चालक २२ बर्षिय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना गएराति करिब साँढे  १२ बजे भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिप सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप