आम जनता पार्टीद्वारा नेताहरूको जिम्मेवारी हेरफेर
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले आफ्ना सातै प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीको जिम्मेवारीमा हेरफेर गरेको छ।
पार्टीको संगठनलाई थप सुदृढ बनाउन र जारी आन्दोलनका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष, प्रवक्ता र कार्यालय सचिव लगायतका जिम्मेवारीहरू पुनरावलोकन गरिएको अध्यक्ष प्रभु साहले बताए ।
प्रदेशस्तरको नयाँ जिम्मेवारी यस प्रकार छ:
कोशी प्रदेश: तिलक थापामगर (इन्चार्ज), जुरीलाल मोची (सह-इन्चार्ज)
मधेश प्रदेश: त्रिभुवन साह 'अमर' (इन्चार्ज), उमेश कुशवाहा (अध्यक्ष)
बागमती प्रदेश: धनकुमारी मगर (इन्चार्ज), पासाङ तामाङ (अध्यक्ष)
उपत्यका विशेष प्रदेश: देवी पण्डित रेग्मी (इन्चार्ज), विजय यादव (अध्यक्ष)
गण्डकी प्रदेश: तिलक थापामगर (इन्चार्ज), भोजराज त्रिपाठी (सह-इन्चार्ज), चेतबहादुर कुमाल (अध्यक्ष)
लुम्बिनी प्रदेश: राधेश्याम गुप्ता (इन्चार्ज), विद्या शर्मा (सह-इन्चार्ज), शालिग्राम पाठक (अध्यक्ष)
कर्णाली प्रदेश: विद्याप्रसाद शर्मा (इन्चार्ज), राम विष्ट (अध्यक्ष)
सुदूरपश्चिम प्रदेश: विक्रम बहादुर बम (इन्चार्ज), विष्णु सिंह बोहरा (अध्यक्ष)
केन्द्रीय प्रवक्ता र कार्यालय सचिव
यसैगरी पार्टीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी तिलक थापामगर, चन्द्रभुषण साह र सुभाष साहलाई सुम्पिएको छ। त्यसैगरी, कार्यालय सचिवमा रविन्द्र सिंह, रञ्जुकुमारी साह र बालकृष्ण सापकोटालाई तोकिएको छ ।
यसैगरी बैठकले १३ सदस्यीय केन्द्रीय कार्यालय, ९१ सदस्यीय केन्द्रीय सचिवालय र २५७ सदस्यीय केन्द्रीय सदस्य एवं वैकल्पिक सदस्यसहित कुल ३३७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण