हराएका सीमा स्तम्भ पुनःनिर्माण गर्ने सहमति
जनकपुरधाम। मधेस प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले हराएका सीमा स्तम्भहरू पुनःनिर्माण गरिने सहमति भएको छ।
मधेस प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नापी कार्यालय र भवन निर्माण डिभिजन कार्यालयका प्रमुखहरूको सहभागितामा भारतको विहार राज्यको रक्सौलमा आज भएको संयुक्त बैठक बसेको थियो।
भारतका पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीसहित सुरक्षा निकाय र सर्भे अधिकारीहरूको सहभागितामा २०७६ सालपछि भएको आज भएको बैठकले हराएका सीमा स्तम्भहरूको दुवै देशका सुरक्षा अधिकारी सहितका निकायले एकिन गरेर पुनः निर्माण गर्ने निर्णय भएको छ ।
मधेस प्रदेशका ८ जिल्लामा नेपाल भारतलाई छुट्टाउनका लागि साना तथा ठुला गरेर ५ हजार ३ सय १२ सीमा स्तम्भ छन्, जसमध्ये ४ सय ८५ सीमा स्तम्भ ठुला आकारका छन् ।
हराएको सीमा स्तम्भको एकिन भएपछि दुवै देशको सहमतिमा छिटै पुनः निर्माण गर्ने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।
बैठकमा नेपाली पक्षको नेतृत्व सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षका नेतृत्व पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण