‘वैकल्पिक बाटोबाट सांसद हुँदै मन्त्री बन्ने कल्पना गर्न सकिँदैन’
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारमा आफ्नो सहभागिताबारे टिप्पणीप्रति ध्यानाकर्षण जनाएका छन्।
- उनले गैर-सांसद व्यक्ति मन्त्री बन्न नसक्ने र सांसद नबनी मन्त्री बन्ने कल्पना नगरेको बताए।
- घिसिङले सरकारमा सहभागिताको विषयमा अहिलेसम्म कसैसँग छलफल नभएको स्पष्ट पारेका छन्।
काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष घिसिङले रास्वपाको सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले भने,‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’
सरकारमा सहभागिताबारे अहिलेसम्म कोही सँग कुनै छलफल नभएको समेत उनले प्रष्ट पारे ।
चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै उनेपालाई थप सुदृढ बनाउने अभियानमा आफूहरु केन्द्रित रहेको समेत उनले बताए ।
सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल रहेको बताउँदै उनले भने,‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण