शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रश्नपत्र बाहिरिएपछि लालबन्दी नगरपालिकाले रोक्यो परीक्षा

बुधबार, ११ चैत २०८२, ०८ : ५६
बुधबार, ११ चैत २०८२

सारांश

  • सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को सामाजिक अध्ययन परीक्षा स्थगित गर्‍यो।
  • प्रश्नपत्र बाहिरिएपछि नगरपालिकाले चैत १७ गते परीक्षा गर्ने निर्णय गरेको छ।
  • अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन्।

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले हिजो नै सूचना जारी गर्दै आजको परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् ।

स्थगित गरिएको उक्त विषयको परीक्षा अब चैत १७ गते सञ्चालन गरिने लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख लक्ष्मी शिवाकोटीले जानकारी दिए । उनका अनुसार स्थगित विषयको परीक्षा पछि सारिए पनि अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप