टीओबी ग्रुपलाई फौजदारी कारबाही गर्न सिफारिस
सारांश
- जेन्जी आन्दोलनमा हिंसा भड्काउने टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी कारबाही गर्न सिफारिस गरिएको छ।
- संसद् भवन परिसरमा भएको गोलीकाण्डमा संलग्न प्रहरीलाई जवाफदेही बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
- देउवा निवासमा आगजनी र ठुलो रकम फेला परेको विषयमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
काठमाडौँ । भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा भएको हिंसा, दमन र लुटपाटको घटनाबारे जाँचबुझ आयोगले आयोगले प्रदर्शनलाई उग्र बनाउने टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी संहिता अनुसार कारबाही गर्न सिफारिस गरेको छ।
आयोगको प्रतिवेदन अनुसार भदौ २३ गते चाबहिल ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजार भएर आएको टीओबी ग्रुपका व्यक्तिहरूले नयाँ बानेश्वरमा प्रदर्शनकारीहरूलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्य गरेका थिए। ती व्यक्तिहरूले भीडलाई नियन्त्रण बाहिर पुर्याई हिंसा भड्काएको ठहर गर्दै आयोगले फौजदारी संहिताको दफा ३५ बमोजिम उनीहरूमाथि मुद्दा चलाउन भनेको छ।
सोही दिन संसद् भवन परिसरमा गोली चलेको घटनामा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकृत तथा जवानहरूमाथि पनि जबाफदेही बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
भदौ २४ गते पूर्व प्रधानमन्त्री देउवा लगायतका नेताहरूको घरमा भएको आक्रमण र आगजनीको घटनालाई आयोगले केवल जनआक्रोश मात्र भन्न नमिल्ने स्पष्ट पारेको छ। देउवा निवासमा जलेको वा नजलेको अवस्थामा भेटिएको ठुलो परिमाणको रकमको स्रोत र वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगले यसमा कानुन बमोजिम गहिरो अनुसन्धान हुनुपर्ने माग गरेको छ।
प्रदर्शनका नाममा भएका तोडफोड, लुटपाट र आगजनीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको समेत संलग्नता रहेको तथ्य आयोगले सार्वजनिक गरेको छ। अनुसन्धानलाई निष्कर्षमा पुर्याउन आयोगले विभिन्न सीसीटीभी फुटेज, श्रव्य–दृश्य सामग्री, र नेपाल टेलिकम तथा एनसेलबाट प्राप्त बीटिएस डाटालाई मुख्य आधार बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण