वीरगन्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए
सारांश
- वीरगञ्ज नाकाबाट दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिएका छन्।
- फागुनमा मात्रै १५६० बुलेट भित्रिए, भन्सार कार्यालयले जनाएको छ।
- चालु आवको सात महिनामा २० अर्बको ग्यास आयात भयो।
पर्सा । वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।
यसैबिच, वीरगन्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँच चौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमालयन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगन्ज नाका हुँदै भित्रिएका जानकारी दिए ।
“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।
गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण