अदालत
केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने
आइतबार, १५ चैत २०८२, १२ : १९
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ।
- ओलीको स्वास्थ्य अवस्थाका कारण उनलाई भिडियो कन्फ्रेन्सिङबाट उपस्थित गराउन लागिएको हो।
- ओलीलाई शनिबार गुन्डुबाट पक्राउ गरी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ ।
ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको जिल्ला अदालत काठमाडौँका रजिष्टार तीर्थराज अधिकारीले जानकारी दिए ।
शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण