शहरी विकास मन्त्रालयका सचिव सिग्देललाई भौतिक मन्त्रालयको पनि जिम्मेवारी
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी गोपालप्रसाद सिग्देलले सम्हालेका छन् । मन्त्रालयमा रिक्त रहेको सचिव पदमा सिग्देलले आज पदभार ग्रहण गरेका हुन् ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार सिग्देललाई भौतिक पूर्वाधारका साथै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्को गत १३ गतेको बैठकले उनलाई दुवै मन्त्रालयको जिम्मेवारी हेर्ने गरी निर्णय गरेको थियो ।
सूचना अधिकारी लम्सालले भने, ‘गोपाल सिग्देलले आजै मन्त्रालयमा आएर पदभार ग्रहण गरेका छन् । उनलाई भौतिक र शहरी दुवै मन्त्रालय हेर्ने गरी दोहोरो जिम्मेवारी दिइएको छ ।’
गत चैत ९ गतेदेखि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव नहुँदा प्रशासनिक कामहरू प्रभावित हुँदै आएका थिए ।
मन्त्रिपरिषद्को निर्णयसँगै सिग्देलले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण