छुट्टै भेला कांग्रेसले पहिलादेखि नै गरिरहेको अभ्यास हो : डा.शेखर कोइराला
सोमबार, १६ चैत २०८२, १६ : ३८
सारांश
- डा. शेखर कोइरालाले पार्टीमा छुट्टै भेला गर्ने परम्परा पुरानो भएको बताए।
- नवनिर्वाचित सांसदलाई सम्मान कार्यक्रममा बोल्दै कोइरालाले भेटघाट स्वभाविक रहेको जनाए।
- उनले सांसदहरूलाई संसदका विषयमा नेताहरूसँग सुझाव लिन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा छुट्टै भेला गर्ने परम्परा पहिलादेखि नै चल्दै आइरहेको बताएका छन् । सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आफ्नो अगुवाइमा गरिएको नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले यस्ता भेटघाट स्वाभाविक रहेका बताए ।
‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ डा.कोइरालाले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’
संसदमा लैजाने विषयवस्तुका बारेमा संसद बाहिर रहेका नेताहरूसँग सुझाव लिइराख्न नवनिर्वाचित सांसदहरूलाई उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण