शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा प्रहरी र एमाले कार्यकर्ताबिच तनावः दुई जना घाइते

सोमबार, १६ चैत २०८२, २० : १०
सोमबार, १६ चैत २०८२

सुर्खेत । एमाले अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै सोमबार साँझ वीरेन्द्रनगरमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र एमाले कार्यकर्ताहरुबिच एकछिन तनावको अवस्ना सिर्जना भएको छ । 

दुई पक्षबिच भएको तनावका क्रममा एक जना प्रहरी र एक जना एमाले कार्यकर्ता घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार सुरुमा एक जना कार्यकर्ताले प्रहरी कर्मचारीमाथि हातपात गरेका थिए । जसका कारण ती प्रहरी कर्मचारीको दाँत नै हल्लिएको अवस्था छ । 

त्यसपछि आक्रोशित भएको प्रहरीले लाठीचार्ज गर्न सुरु गरेको थियो । त्यस क्रममा एक कार्यकर्ता सामान्य घाइते भएको उनले बताए । लाठीचार्जका क्रममा प्रहरीले एमाले पार्टी कार्यालय परिसरमै प्रवेश गरेर तितरवितर पार्ने प्रयास गरेको थियो । 

त्यस क्रममा एमालेका स्थानीय नेता तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले भाग्नुपर्ने अवस्था आएको थियो । प्रहरीको लखेटाइमा परेका खनाललाई प्रहरीले वरैबाट लाठी प्रहार गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप