तस्बिरमा हेर्नुहोस् बौद्धको तेमाल जात्रा
सारांश
- चैत्र पूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले तेमाल जात्रा मनाए।
- जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिका लागि बत्ती बाल्ने र पूजापाठ गर्ने चलन छ।
- यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो।
काठमाडौँ । चैत्र पूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्। प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो ।

परम्पराअनुसार काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ । जात्राका अवसरमा श्रद्धालुहरूले बौद्ध स्तूप परिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’ पूजा गरेका छन्। लामा गुरुहरूको नेतृत्वमा विशेष ‘ङोवा मोन्लम’ पूजापाठ समेत सम्पन्न गरिएको थियो।

तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ । सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ ।

यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ।चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्लाहरू मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतबाट आएका तामाङ समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहने गर्छ।पूर्णिमाको बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेपछि जात्रा समापन हुने परम्परा छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण