एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण
आइतबार, २२ चैत २०८२, ०६ : ५४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सङ्घीय सांसद्लाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा शनिबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए ।
त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण