सडकमा गिटी–बालुवा थुपारेर राख्ने होसियार : सडकमा चल्न थाल्यो प्रहरीको डोजर (फोटो/भिडियो)
स्थान : झम्सिखेल, ललितपुर ।
समय : बिहान ९ बजे
सदाझै सर्वसाधारणहरु आ–आफ्नो नियमित काममा व्यस्त थिए । कोही अफिस जान हतारिँदै थिए भने कोही बच्चाहरुलाई स्कूल पुर्याउन हस्याङफस्याङ गर्दै थिए ।
त्यतिनै बेला झम्सिखेल चोकमा बडेमानको डोजर आइपुग्छ । डोजरमा सवार थिए, ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु ।
चौकै नजिक आएर डोजर टक्क अडिन्छ । त्यतिबेलासम्म त्यहाँ रहेका मानिसहरुलाई किन डोजर आएको पत्तै थिएन ।
उनी ओर्लेर डोजरलाई चोकमा नै रहेको एक निर्माणाधिन घरले फुटफाथ र सडकमा थुपारेर राखेको गिट्टी र बालुवा हटाउन निर्देशन दिन्छन् ।
त्यसपछि डोजरले केही समयको अन्तरालमा नै सडकपेटीमा थुपारेर राखेको गिट्टी बालुवा हटाएर पन्छाइदिन्छ । यति मात्र होइन, निर्माण स्थलमा नअँट्ने सामग्रीलाई ट्रिपरमा उठाएर लगिन्छ ।
करिब २० मिनेटमा अपरेशन समाप्त हुन्छ ।
पैदलयात्रुहरुलाई फुटपाथमा नहिँडे वा सडकमा जथाभावी बाटो काटे कारवाही सुरु गरेको ट्राफिक प्रहरीले गृहमन्त्री जर्नादन शर्माको ‘ग्रिन सिग्नल’ पछि सडक र पेटीमा राखिएको निर्माण सामाग्रीहरु हटाउने अभियान शुरु गरेको हो ।
हिजो मात्र गृहमन्त्री शर्मा र प्रहरी अधिकृतहरुबीच सुरक्षा लगायत विभिन्न विषयहरुमा छलफल भएको थियो ।
‘अहिले गृहमन्त्रीको सीधा निर्देशनपछि प्रहरीलाई कारवाही प्रक्रिया अघि बढाउन सजिलो भएको छ,’ हाछेथुले भने ।
उनले ललितपुर जिल्लाभरि सडकमा राखिएको निर्माण सामाग्री हटाउने प्रतिबद्धता व्यक्त गरे । ‘पैदलयात्रुहरुलाई अप्ठ्यारो पर्ने गरी जिल्लाको कुनै पनि भागको सडकमा निर्माण सामाग्री राखिएको छ भने प्रहरीलाई खबर गर्नुहोला, त्यस्ता सामाग्रीहरुलाई तुरुन्तै हटाइनेछ,’ उनले अपिल पनि गरे ।
हाछेथुका अनुसार निर्माण सामग्री हटाउने र उठाएर लैजाने मात्र नभएर त्यसरी अनाधिकृतरुपमा सडकमा निर्माण सामग्री राख्नेलाई पनि पाँच हजार रुपैयासम्म जरिवाना गरिनेछ ।
झम्सिखेलपछि ललितपुर प्रहरीले भनिमण्डलमा पनि एक घरले सडकमा थुपारेर राखेको निर्माण सामग्री हटाएको छ ।
आज दिनभरीमा मुख्य सडकमा रहेका निर्माण सामग्री हटाउने लक्ष्य राखिएको हाछेथुको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण