बहुविवाह गरेर भारतमा लुकेका दुई जना २९ वर्षपछि पक्राउ
सारांश
- बहुविवाह मुद्दामा दोषी ठहर भई २९ वर्षदेखि फरार रहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका दुवै जनालाई अदालतको आदेशपछि दुई महिनाको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
काठमाडौँ । बहुविवाह मुद्दामा दोषी ठहर भई विगत २९ वर्षदेखि फरार रहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले विरूवा गाउँपालिका वडा नम्बर ४ का ५२ वर्षीय हुम बहादुर थापा (उमाकान्त पोखरेल) र ४६ वर्षीया शारदादेवी पोखरेललाई पक्राउ गरी कारागार चलान गरेको हो।
२०५३ साल वैशाख १९ गते दर्ता भएको बहुविवाह मुद्दामा अदालतले उनीहरूलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सजायबाट बच्नका लागि आफ्नो वास्तविक पहिचान लुकाएर लामो समयदेखि भारतमा आश्रय लिँदै आएका उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा समात्न सफल भएको हो।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनीहरूलाई दुई महिनाको कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण