बन्द उद्योग सञ्चालन, सुशासन र रोजगारी सिर्जना आवश्यक छ : सांसद अधिकारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बन्द अवस्थामा रहेका सरकारी उद्योगहरूलाई अविलम्ब पुनः सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्।
- उनले भ्रष्टाचार, कुशासन र बेरोजगारी नै हालको आन्दोलनको प्रमुख कारण भएको भन्दै मुलुकमा असल शासन र रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद लिमा अधिकारीले बन्द अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक विशेष समयमा अधिकारीले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायतका उद्योगहरूलाई सञ्चालन गर्ने सरकारको घोषणाको स्वागतयोग्य रहेको भन्दै अविलम्ब कार्यान्वयनमा लैजान आग्रह गरिन् ।
अधिकारीले विराटनगर जुटमिल लगायत मुलुकभरका विभिन्न प्रतिष्ठानहरूलाई पुनः सञ्चालनमा ल्याएर औद्योगिक व्यवसायको वातावरण निर्माण गर्न र रोजगारीका अवसर सिर्जना गर्न सरकारले कदम चाल्नुपर्नेमा बताइन् ।
अधिकारीले पछिल्लो तीन दशकयता देशले भोग्नुपरेको भ्रष्टाचार, कुशासन, दण्डहीनता, स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा र व्यापक बेरोजगारी जस्ता समस्याहरू नै ‘जेनजी’ आन्दोलनको जन्मको प्रमुख कारण भएको बताइन्। ‘जेनजी’ ले असल शासन चाहेको उल्लेख गर्दै अधिकारीले अबको गन्तव्य त्यसै दिशातर्फ अगाडि बढ्नुपर्ने बताइन् ।
देशमा लगानीको वातावरण बन्नुपर्ने र रोजगारी सिर्जनाका अवसरहरू खोज्दै अगाडि बढ्नुपर्ने अधिकारीको भनाइ छ । नेपालको पहिलो उद्योग विराटनगर जुटमिल लगायत दर्जनौँ उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएको भन्दै रोजगारी सृजनाका लागि बन्द उद्योगहरू सञ्चालन र नयाँ उद्योग खोलिनुपर्ने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण