आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौँ भन्सार सुधार योजना बन्दै, निजी क्षेत्रसँग सुझाव माग
सारांश
- भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३-८४ देखि सातौँ भन्सार सुधार योजना कार्यान्वयनमा ल्याउने भएको छ ।
- नयाँ योजनाको मुख्य लक्ष्य उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित हुने विभागले जनाएको छ ।
- विभागले भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउन निजी क्षेत्रसँग ठोस सुझाव माग गरेको छ ।
काठमाडौँ । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३–८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ । चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय भन्सार सुधार योजना सम्पन्न हुन लागेकाले विभागले नयाँ रणनीतिक योजनाको तयारी थालेको हो ।
उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नयाँ भन्सार योजना बनाउने काम चलिरहेको बताए । उनकाअनुसार आगामी योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनेछ ।
महानिर्देशक भण्डारीकाअनुसार सातौँ सुधार योजनाले भन्सारका दरहरूको पुनरावलोकन र व्यापार सहरीकरणलाई प्राथमिकता दिनेछ । नयाँ योजना र आगामी बजेटको तयारी भइरहेको बेला विभागले निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राजश्व परामर्श समिति अन्तर्गतको उपसमितिले यसबारे काम गरिरहेको जानकारी दिँदै भण्डारीले शुक्रबार बस्ने उपसमितिको बैठकअघि नै सुझाव उपलब्ध गराउन आग्रह गरे ।
मुलुकमा हाल कायम रहेको राजनीतिक र नीतिगत स्थिरतालाई निजी क्षेत्रले सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । स्थायित्व भएको सरकार र संसद् पाएको अवस्थामा भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउन र दीर्घकालीन नीति तय गर्न यो उपयुक्त समय भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण