माइतीघरमा अभियानकर्मीको प्रश्न– जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? (तस्बिरहरू)
काठमाडौँ । चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनताको लागि सिंहदरबारको ढोका किन बन्द गरेको भन्दै सरकारलाई प्रश्न सोधेका छन् । चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनीहरुले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
वन जङ्गलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्वासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्नुपर्ने, तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।
_KBJlEXOPP6.jpg)
उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन् । सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार? जस्ता प्रश्नहरू प्रदर्शनकारीका प्लेकार्डमा कोरिएका छन् । माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड र सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू बोकेका थिए ।
_jURxyq8slG.jpg)
अभियानका प्रतिनिधिहरूकाअनुसार, वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित र सुकुम्वासीहरूको समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ । प्राकृतिक सम्पदाको दोहनले वातावरणीय संकट निम्त्याइरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास समेत गरेका छन् ।
_xgbkbdMjE8.jpg)
प्रदर्शनका क्रममा अभियानकर्मीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू प्रदर्शन गरेका छन् । चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
_Tw0MDYzY5G.jpg)
_1iqkjLkeKx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण