सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
बिहीबार, २१ जेठ २०८३, १३ : १४
सारांश
- सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।
- समितिलाई यथाशीघ्र छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको छ ।
- बुधवार राति ८ बजेतिर भएको आगलागीबाट केही गाडीहरू जलेका छन् ।
काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको सशस्त्रका प्रवक्ता (डीआईजी) विष्णुप्रसाद भट्टले रातोपाटीलाई बताए । उनका अनुसार समितिलाई ‘यथाशीघ्र’ छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको छ ।
बुधवार राति ८ बजेतिर सशस्त्रको प्रधान कार्यालय स्थित एमटी शाखामा आगलागी भएको थियो । बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट केही गाडीहरू जलेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुंगल स्थित स्टोरमा यसअघि पनि आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण