‘राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ’
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्दै टिप्पणी गरेका छन्।
- उनले प्रतिनिधिसभाको बैठकमा उपसभामुखको उम्मेदवारी र त्यसपछिको राजनीतिक घटनाक्रमलाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने पढेको र सुनेको थिए । अहिले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछन् बुझ्ने मौका पाए ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै यस्तो बताएका हुन् । शाहीले बिहीबार लामिछानेले आश्वासन दिएपछि उपसभामुखमा लामाले उम्मेदवारी दिएको बताएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीबाट उपसभामुखका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
उनले राप्रपा प्रतिनिधि सभामा सङ्ख्यामा पनि थोरै भए पनि विचारमा बलियो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण