इन्धन संकटको मार : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त
सारांश
- इन्धन र बिटुमिनको अभावका कारण काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त बनेको छ।
- पश्चिम एसियाको तनावले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा समस्या आउँदा आयोजना प्रभावित भएको हो।
- स्टकमा रहेको बिटुमिन र डिजेल सकिएपछि १० दिनभित्र सडक निर्माणको काम पूर्ण रूपमा रोकिने अवस्था छ।
झापा । पेट्रोलियम पदार्थको अभावले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ । पश्चिम एसियामा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंले जानकारी दिए ।
काँकडभिट्टा लौकही सडक खण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले स्तोन्नतिको काम गरिरहेको छ । सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०–१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईं बताउँछन् । वर्षाअघि पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको कम्पनीका प्रतिनिधि प्रसाईं बताउँछन् । बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे गर्न आवश्यक बिटुमिन महँगो मूल्यमा खरिद गरिएको भए पनि पर्याप्त नरहेको प्रसाईंले जानकारी दिए । नेपाल आयाल निगमले डिजलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराउँदा काम रोकिने अवस्थामा पुगेको प्रसाईं बताउँछन् ।
निर्माण कम्पनीसँग स्टकमा रहेको बिटुमिनले मात्रै कालोपत्रे गर्ने अवस्था रहेको काँकडभिट्टा लौकही सडक योजना पूर्वी खण्डका योजना प्रमुख सीडीई सुनिलबाबु पन्त बताउँछन् । पश्चिम एसियामा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेर काम गर्न नसक्ने अवस्थाको जानकारी निर्माण पक्षले आयोजनालाई गराएको सीडीई पन्तले बताए ।
निर्माण व्यवसायीले बिटुमीन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराएको सीडीई पन्तले बताए । यो सडक आयोजनामा पेट्रोलियम पदार्थको सङ्कटसँगै मौसमले पनि साथ नदिएको आयोजना प्रमुख पन्तले जानकारी दिए ।
मध्यपूर्वको तनाव नरोकिए यो सडक योजनाको काम हप्ता दश दिनमै रोकिने अवस्था रहेको आयोजना प्रमुख पन्त बताउँछन् । पूर्वीखण्ड अन्तर्गत काँकडभिट्टा सीतापुरीसम्म ४५ किलोमिटर लम्बाई रहेको यो सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण