शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

टिचिङ अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया

सोमबार, ३० चैत २०८२, ११ : १३
सोमबार, ३० चैत २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया भइरहेको छ।
  • डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको पित्तथैलीबाट २२ एमएमको ढुंगा निकाल्दै छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा।सुवास आचार्यले जानकारी दिए । 

‘उहाँलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ’, आचार्यले रातोपाटीसँग भने,‘शल्यक्रिया सकिएपछि अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्छ ।’

अस्पताल स्रोतका अनुसार डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप