बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु

शुक्रबार, ०४ वैशाख २०८३, १४ : ४१
शुक्रबार, ०४ वैशाख २०८३

काठमाडाैँ । फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ।

मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको दक्षिणमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो।

मृतक मध्ये मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ।

समुहले विद्रोही नेताकी श्रीमती र अन्य तीन महिलासहितको समूहसँग एक घण्टा लामो गोलीबारी भएको जनाइएको छ।

कुनै हताहत नभएको र बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ।

फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनको रिपोर्टमा जनवरीमा चार जना सैनिकको ज्यान गएको र एक जना घाइते भएको घटनाको पछाडि यो समूह जिमेवार रहेको आशङ्का गरिएको छ।

मारिएका बन्दुकधारीहरू “मारावी घेराबन्दी र वर्षौंको हिंसाका लागि जिम्मेवार सञ्जालका रहेको, सैन्य एकाईका कमान्डर मेजर–जनरल येगोर बारोकिलोले विज्ञप्ति मार्फत पुष्टि गरिएकाे छ।

सन् २०१७ मे सयौं फिलिपिनो मुस्लिम लडाकुहरू साथै विदेशी लडाकुहरू मारावीको मिन्डानाओ सहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ।

सरकारी फौजले गरेको रक्तपातपूर्ण घेराबन्दीको पाँच महिना पछि एक हजार भन्दा बढीको ज्यान गुमेको छ भने उग्रवादी समूहका वरिष्ठ नेताहरू मारिका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप