आरसीबीको १७६ रनको लक्ष्य, तीन ओभरमै दिल्लीको तीन विकेट पतन
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २६औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
एम चिन्नास्वामी स्टेडियममा टस जितेर दिल्लीले पहिले बलिङ गर्ने निर्णय गरेपछि बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो ।
बेंगलुरुको पारीमा ओपनर फिल साल्टले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए ।
उनले ३८ बलमा ६३ रनको महत्त्वपूर्ण पारी खेले, जुन यो सिजनको उनको दोस्रो अर्धशतक हो । उनले विराट कोहलीसँग पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । साल्ट बाहेक टिम डेभिडले २६, कोहलीले १९ र देवदत्त पडिक्कलले १८ रनको योगदान दिए ।
दिल्लीका लागि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । अक्षर पटेल, कुलदीप यादव र लुंगी एनगिडीले समान २–२ विकेट लिए भने मुकेश कुमारले १ विकेट हात पारे । बेंगलुरुका एक ब्याट्सम्यान रन आउट भएका थिए ।
१७६ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गरेको छ । ताजा समाचार अनुसार, दिल्लीले २ ओभरको समाप्तिमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले भने खराब सुरुवात गरेको छ । तीन ओभर पूरा हुँदा उसका तीन ब्याटर आउट भइसकेका छन् । पाथुम निसान्का एक रन बनाएर आउट भए भने करुन नैरले ५ बलमा ५ रन बनाए । समीर रिज्वीले पनि २ बलमा मात्र २ रन बनाए । यी तीनै विकेट भुवनेश्वर कुमारले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण