बागमती प्रदेशसभा : २ विधेयक अर्थ समितिमा पठाइयो
सारांश
- बागमती प्रदेशसभाले आर्थिक कार्यविधि तथा खानेपानीसम्बन्धी दुईवटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
- उक्त विधेयकहरूमाथि अर्थ तथा विकास समितिमा छलफल भई संशोधन सहितको प्रतिवेदन तयार हुनेछ।
हेटौँडा । बागमती प्रदेशसभाले २ वटा विधेयक समितिमा छलफलमा लागि पठाउने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
दुवै विधेयकलाई प्रदेशसभाको अर्थ तथा विकास समितिमा पठाइएको हो । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आर्थिक कार्यविधि सम्बन्धी विधेयक विषयगत समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
मन्त्रीद्वय तामाङले पेस गरेको उक्त विधेयकहरूलाई प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले निर्णायार्थ प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको उक्त प्रस्तावलाई प्रदेशसभाका सदस्यहरुले ‘हुन्छ’ भनेर पारित गरेका थिए । बैठकबाट पारित भएको उक्त विधेयकहरू अर्थ तथा विकास समितिमा दफावार छलफल हुने छ भने सो माथि परेका संशोधनहरू बारे पनि छलफल सहित पारित भई प्रतिवेदन तयार हुनेछ ।
त्यसअघि प्रदेशसभाको बैठकमा विशेष समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए भने सांसदहरूले उठाएका प्रश्नहरूमा सरकारका मन्त्रीहरूले जवाफ दिएका थिए । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण