महोत्तरीमा दुर्लभ राजगोमन सर्पको उद्धार, चुरे क्षेत्रमा सुरक्षित पुनःस्थापना
सारांश
- महोत्तरीको बर्दिबास नगरपालिका-३ मा ११ फिट लामो दुर्लभ राजगोमन सर्पको उद्धार गरिएको छ।
- उद्धार गरिएको सर्पलाई चुरे क्षेत्रको प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा पुनःस्थापना गरिएको छ।
- उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको वातावरणीय महत्व र संरक्षणका बारेमा सचेतना प्रदान गरेको छ।
जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र झण्डै ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ।
बाख्राको खोर नजिकै राखिएको दाउराको थुप्रोमुनि लुकेर बसेको अवस्थामा उक्त सर्प फेला परेको थियो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो ।
उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर पुनःस्थापना गरिएको छ । अध्यक्ष मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्प को प्राकृतिक बासस्थान भएकाले सोही वातावरणमा छोडिएको हो ।
उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको बानी–व्यवहार, यसको वातावरणीय महत्व तथा यस्ता सर्प देखिएमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने उपायबारे सचेतना समेत प्रदान गरेको जनाएको छ।
राजगोमन सर्प विश्वकै सबैभन्दा लामो विषालु सर्पमध्ये एक मानिन्छ, र यसको संरक्षण जैविक विविधता सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण रहेको संरक्षणकर्मीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण