शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘सारथी’ को शुभमुहूर्त

मङ्गलबार, ०८ वैशाख २०८३, ०१ : १०
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • कुमार गजुरेलको निर्देशनमा बन्न लागेको चलचित्र 'सारथी'को काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ।
  • यो चलचित्रको छायाङ्कनका लागि निर्माण टोली म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको छ र छायाङ्कन वैशाख ९ गतेबाट सुरु हुनेछ।
  • दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको जोडी यस चलचित्रमार्फत पुन: पर्दामा देखिँदै छन्।

काठमाडौँ । कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’ शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त भएको हो । शुभमुहूर्तसँगै निर्माण युनिट फिल्म सुटिङका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।

फिल्मको छायाङ्कन वैशाख ९ गते बुधबारबाट सुरु हुनेछ । करिब ४० दिनको छायाङ्कन सेड्युल रहेको फिल्मका निर्माता बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ रहेका छन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा उत्तम प्रधान, निरुता सिंहको जोडी रहनेछ । करिब दुई दशकपछि पुनः एकसाथ यो जोडी पर्दामा देखिन लागेको हो ।

फिल्ममा उत्तम र निरुताको अलवा ुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

सौर्यल थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप