नवनियुक्त प्रधानन्यायाधीशले पदभार सम्हाले (हेर्नुहोस् तस्विर)
काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
सपथग्रण लगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार पनि सम्हालेका छन् ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उनलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पदमा नियुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण