सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
संसद् अधिवेशन स्थगित

अचानक स्थगित गरियो आह्वान भएको संसद् अधिवेशन

बिहीबार, १० वैशाख २०८३, १७ : २१
बिहीबार, १० वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।
  • सरकारले अधिवेशन स्थगित गर्नका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको जानकारी दिए । 

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।  

राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।

मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई पठाएको पत्रमा अधिवेशन विशेष कारणले स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप